Sunday, July 19, 2015

ए जिन्दगी !
एकैछिन् सुस्ताउनु मन छ

भारी छ आँखाभरि सपनाको 
भारी छ मुटुभरि चाहानाको 
ए जिन्दगी !
एकैछिन् बिसाउनु मन छ

क्षितिजमा कोही पर्खिरहेको 
बाटो छ पहेलीमा अल्झिरहेको 
ए जिन्दगी !
एकैछिन् सम्हालिनु मन छ

भुलेर उल्झन तनावहरुको
सम्झेर जीवन मुस्काइरहेको 

ए जिन्दगी !
एकैछिन् निदाउनु मन छ  
Share:

0 comments:

Post a Comment