Wednesday, February 5, 2014

उडिगयो सुस्तरी उडिगयो
यो मनको चरी 
हेर्दा हेर्दै आँखाबाट ओझेल परिगयो
नभेटिने गरी
ओ ! मनको चरी

लेकबाट ओर्लिएर बेसी झर्यो खोला
हिजो जस्तो छैन आज भोलि कस्तो होला 
आकाशमाथि घाम पनि डुबिजान्छ भरे
टाढा टाढा गैजानेले बिर्सिजान्छ अरे
बर्सिगयो बेस्सरी बर्सिगयो
आँखाबाट झरी
कुर्दा कुर्दै जिन्दगी आफै डुबिगयो
नतैरने गरी
ओ ! मनको चरी

वनैभरि गुराँश फुल्छ मनैभरि व्यथा
एकादेशमा हराएको जिन्दगीको कथा
खोजी हिड्नु अँध्यारोमा कहाँ कहाँ मात्र
कथासँगै हराएछ एउटा प्रिय पात्र
दुखिरह्यो यस्तरी दुखिरह्यो
घाउ घरि घरि
बिर्सिजाउँ भन्दाभन्दै झनै बल्झिगयो
नमेटिने गरी
ओ ! मनको चरी


स्वर : सागर राई
सङ्गीत : भिमसेना राई
 गीत सन्नुहोस् >>
Share:

0 comments:

Post a Comment