Tuesday, September 22, 2020

 हङ्ग्री आई आर्ट ग्यालरी ।

दमकल चोक हुँदै तपाईँ कुपन्डोलतिर लाग्दै हुनुहुन्छ भने पुल्चोकको आकाशे पुल कट्नेबित्तिकै एउटा बाटो बायाँ लाग्छ । तपाईँ मःमको पारखी हुनुहुन्छ र पेटमा कम्तिमा मःम अटाउन सक्ने भोक हाजिर छ भने दिशा बताइराख्नु नै परेन, तपाईँ सोझै त्यतै लाग्नुहुनेछ । मःम खानूस्, नखानूस् तपाईँको खुसी तर तपाईँ सीधै अगाडि बढ्नूस् अब । सुजुकीको स्वरूमतर्फ केही नजर फ्याँक्नूस् । सुजुकी ब्राण्डसँग जोडिएका केही घटनाक्रम, सपना वा तिक्तता छन् भने एकैछिन त्यहाँ उभिएर टोलाउने छुट तपाईँलाई छ ।

स्वरूमलाई दायाँ पारेर अझै अगाडि बढ्नूस् । तपाईँ मलाई एकै छिन पर्खिन सक्नुहुन्छ भने म बाँयातिरको थकाली भान्छाघर छिर्छु, भोको पेटमा मलाई छिटै रिस उठ्छ । आफैँलाई रिस उठाउने मुडमा यतिखेर म छैन । पर्खिनु तपाईँको बसमा छैन र तपाईँलाई छालाको ज्याकेट मेड इन नेपालको सोख छ भने अलि अगाडि बढेर बाँयातिरको ल्याटिडो छिर्न सक्नुहुनेछ । सीधै अगाडि बढेपछि एउटा किताब पसल छ बायैँतर्फ, आँखालाई गेट खोलेर भित्र पस्ने अनुमति दिनुहोस् । त्यहाँ किताब पसल पनि छ भनेर तपाईँलाई कसैले नभनिदिएसम्म तपाईँ किताब खोज्न पाटन या बागबजार कुदिहाल्ने प्रवल सम्भावना छ । अब चार पाइला अघि बढाउनुहोस् र बाँयातिर हेर्नुस्, कविता भेट्न म अक्सर यतै आउने गर्छु ।

ऊ यहाँ यतिबेला छैन । यहाँ रहने उसको निश्चित समय छ– बिहान, दिउँसो, बेलुका । यहाँ नरहने पनि उसको निश्चित समय छ– बिहान, दिउँसो, बेलुका । तपाईँ भित्ताभरि झुण्ड्याइएका ग्रामीण नेपालका टुक्राटाक्री हेर्दै गर्नूस्, म उसलाई एउटा ट्रङ्कल गर्छु । तर खास कुरो चैहिँ मैले तपाईँलाई यहीँसम्म ल्याउनु मात्रै थियो । यसपछिको यात्रामा तपाईँ जता पनि मन्द्राउन सक्नुहुन्छ । मलाई लाग्छ, तपाईँ चित्रकला भेट्दा त्यस्तो उत्साहित हुनुहुँदैन जस्तो कविता भेट्दा आजकाल कवि उत्साहित हुँदैनन् ।

‘यतै आऊ हो, चा खाम्’

‘चा’अर्थात चिया । जसरी जेरी हाम्रो लागि ‘जुल्पी’। हाम्रो रैथाने लवज । लत कफीकै लागोस् हाम्रो लागि त्यो ‘चा’ नै हो ।

हिमालयन जाभा कफी हाउस ।   


आक्रोशबाबा कहनुहुन्छ– ‘एक जना  कविकेटोले चा खाम भनिहाल्यो । त्यति भनेसी चाको तलतलले सताई त गो । तलतल मेटाएर गइदिम् भनेर बसियो । केटोले चा बनाउन यति मिहिनेत गर्यो कि, नकुरा गरम् । कित्लीमा पानी बसालेर चिनी राख्यो, दूध राख्यो, चियापत्ती राख्यो । अनि चट्टसँगले अदुवा खुर्केर सिलौटोमा थिच्यो र त्यो पनि राख्यो । त्यसपछि केटो बेचैनीमा यताउता भौँतारिन पो थाल्यो । आफैँ बर्बराउँछ, ‘यतै राख्याथेँ’ भन्छ, ‘कहाँ परेछ’ भन्छ, ‘थुक्क मेरो सुर’ भन्छ । घरि खाटमुनि हेर्छ, घरि आलमारी खोल्छ। बजियाले अलैँची पो खोज्या रै’छ । पाँच मिनेटपछि आखिर अलैँची पनि भेटाइछाड्यो । पिसेर धुलोपीठो पारिकन खन्यायो कित्लीमा । चा जमानामै उम्लिसक्यो । आफूलाई चैँ कतिखेर खाऊँ भइसक्यो। अब त सक्यो होला भनेको कहाँ हुनु? ‘एक्कै छिन है !’ भनेर ग्याँसको आँच सानो बनाइवरी केटो त पवनगतिमा बाहिर पो कुद्यो । केहीबेरको विलम्बपछि हातमा एउटा सानो पोलिथिनको कुटुरोको साथ केटो हाजिर भो । हैट ! ल्वाङ्–सुकमेल लिन गा’रैछ । ल्वाङ्–सुकमेल पनि पिस्न थालि’गो । चियामा त्यति राखिसकेपछि एक छिन के–के सोचेजस्तो गरेर घोरिन थाल्यो। अनि ‘अँ’ को भावभङ्गीमा केटोले ठूलै कुरा सम्झ्याजस्तो गरी मरिचको धुलो निकाल्यो र एक चिम्टी सर्र झार्यो कित्लीमा । अनि दालचिनीको पात निकाल्यो र एउटा पात फुत्त खसायो । त्यसपछि बल्ल गिलासमा चा खन्यायो । चा खन्याइसकेपछि त्यसमाथि हल्का कफीको धुलो पनि छर्कियो । त्यति गरिसकेपछि लगभग आधा घन्टापछि केटोले आखिर चा ल्याइछाड्यो ।

भर्खर निस्किएको एउटा कवितासङ्ग्रह भुइँमा राखेर बस्न खोज्दै मात्रै के थिएँ उसले एक अध्याय ‘चा’ महात्मय सुनायो । किताबभित्रबाट कमिलासरी दार्शनिकहरू तँछाडमछाड गर्दै बाहिर निस्किए ।

यत्रो विधि प्रतीक्षाको फल त मीठो हुनुपर्ने हो । मीठो पनि भो भनुम् । तर के खाइयो के खाइयो । चाको तलतल ज्यूँ का त्यूँ ।’

इतिश्री ‘चा’ महात्माय !

भर्खर निस्किएको एउटा कवितासङ्ग्रह भुइँमा राखेर बस्न खोज्दै मात्रै के थिएँ उसले एक अध्याय ‘चा’ महात्मय सुनायो । किताबभित्रबाट कमिलासरी दार्शनिकहरू तँछाडमछाड गर्दै बाहिर निस्किए । भित्र मिथकहरूको अन्तर्राष्ट्रिय महासम्मलेनमा हुलदङ्गा मच्चिएछ । हतियारले सुसज्जित प्राचीनकालीन महानायकहरू पनि भागभाग गर्न थाले । पाना पल्टाएर भित्र हेर्न मात्र खोजेको के थिएँ कुहिएका विम्बहरूको ह्वास्स गन्ध आयो ।

‘सर, के पिउनुहुन्छ ?’

‘कफी नै खाने भनेर आएपछि निख्खर कालो कफी खाइदिने नि ! न चिनी, न दूध, न सुक्मेल, न ल्वाङ्को ल्याङ्ल्याङ् । जसले कफीमा चिनी हालेर खान्छ त्यो चिनीको अम्मली या पारखी हो, कफीको हैन ।’

‘अमेरिकानो ?’

‘अँ, अनि एउटा गिन्सबर्गो ।’

‘यहाँभित्र एउटा गज्जब कविता छ सुन्ने ?’

म आक्रोश बाबालाई सोध्छु । ऊ आफूलाई १००९ बाबाजी भन्न रुचाउँछ । यसको छुट्टै कहानी छ जुन जरुरत परे कुनै दिन सुनाउँला नै ।

बाबाजीले खासै सकारात्मक सङ्केत देखाएनन्, बर्बराउन पो थाले–

‘कि ता ढुङ्गै पो हूँ कि त म कविता बुझ्दिनँ सखा
छुदैनन् फिटीक्कै हरफहरूले क्यारुँ मन ता ।
कि छन् साह्रै साह्रा भुटिकन अखट्यासरी मकै
कि छन् पप्कर्न् जस्तै फुसफुस अहो भोक उस्तै ।।’

एक्लै उभिएको एउटा नवीन कविको प्राचीन हंश उत्तरी ध्रुवबाट फालहान्दै आइपुग्छ र आक्रोशबाबाको मुखार्विन्दभित्र धुवाँको धागोसरी छिर्न थाल्छ ।
तब, आक्रोशबाबा फेरि कहनुहुन्छ–

‘त्यो प्रभाव खै तिम्रो कवितामा, जस्तो कुनै फिल्म हेरेपछि कैयौँ समयसम्म तिमीमा रहिरहन्छ ।
कुनै गज्जब फोटोग्राफी हेरेपछि, तिमीमा जुन् त्यो ह्याङ्ओभर चलिरहन्छ ।
कुनै चित्रकलाको अवलोकनपछि, जुन कथा आँखाभरि नाचिरहन्छ ।
त्यो मात खै, खै त्यो धङ्धङी, कुनै नाटक हेरिसकेपछि तिमी लामो समयसम्म अनुभूत गर्छौ ।
त्यो मीठास, त्यो लत खै, जुन एउटा गीत सुनेपछि तिमीभित्र गुन्जिरहन्छ ।
त्यो उर्जा, त्यो आक्रोश खै, जुन कुनै ओजस्वी नेताको दमदार भाषण सुनेपछि मगजभरि छाइरहन्छ ।’

यति भनिसकेपछि आक्रोशको शरीरभरि विभिन्न रङ्हरू देखा पर्न थाल्छन् । शरीरका अङ्गहरू भिन्न भिन्न रङहरूसँग घोलिँदै पग्लिन थाल्छन् । पग्लिएर ऊ भुइँभरि पोखिन्छ । भुइँको क्यानभासमा एउटा अद्भुत चित्र बन्छ । बिछट्टै सुन्दर ।

कुनै मनुवाले ‘कस्तो चित्र ?’ भनी सोध्यो भने म व्याख्या गर्न सक्दिनँ । ‘चित्रभित्र के थियो त ?’ भन्दा त्यसको पनि उत्तर मसँग छैन । ‘चित्रले के भनिरहेको जस्तो लाग्यो ?’ भनी सोध्दा पनि मसँग कुनै जवाफ छैन । यो चित्रको सन्देश, अर्थ, विचार, वाद आदिबारे म पूर्ण बेखबर छु । तर बस्, चित्र बेहद मन परिरहेछ । बिछट्टै शान्ति दिइरहेछ यो चित्रले । अकल्पनीय आनन्द ।

के यसरी रङहररूजस्तै गरी शब्दहरू पोखिन सक्दैनन् ?

‘सक्छन् ।’

घर फर्किरहेको एक मनुज एकछिन् रोकिन्छ ।

‘कत्ति कविताहरूमा त शब्दहरू यसरी पोखिएका हुन्छन् कि ती शब्दहरूको आरोह अवरोह, त्यहाँभित्रको सङ्गीतले नै थुप्रै कुरा भनिसक्छ । कविताले पस्कन खोजेको विचार, बोल्न खोजेको आदर्श र दिन खोजेको अर्थसँग बिलकुल अबोध हुँदाहुँदै पनि कस्तरी मात लागिदिन्छन् कुनै कविताहरू …’

यति भन्दा भन्दै ऊ फेरि घरतिरै लम्किन्छ ।

‘कता ? कुन स्वप्निल स्मृतिमा हराको ?’

‘अरे ! कसले सोहोर्यो रङहरू ?’, आक्रोशलाई पुरानै रूपमा गजधम्म बसेको देखेर म अक्कबक्क पर्छु ।

‘आफैँ पोखिने आफैँलाई सोहोर्ने हो जिन्दगीमा ।’

‘तर तिमी जसरी पोखियौ नि, त्यसमा धेरैको आपत्ति हुन सक्छ । पोखिएर तिमी के बन्यौ ? न चरा बन्यौ, न रूख, न फूल, न ढुङ्गा, न त सायद आफू नै बन्यौ । ठ्याक्कै बुझिनेगरी तिमी केही पनि बनेनौ । यसरी पोखिएर के फाइदा ?’

‘मेरो मनोदशा न चरा, न रूख, न ढुङ्गा, न फूल ! आफ्नै अनुहारको आवरण उतार्नु थियो त म सेल्फी खिचिबस्थेँ । कुनै मूर्त कुराले मेरो मनोदशा प्रतिबिम्बित गर्थ्यो त किन यसरी पोखिनुपथ्र्यो ?’

‘लौ है, कुरो चैँ सगरमाथा जत्तिकै गहिरो छ !’, फुक्र्याउन खोज्छु तर ऊ फुर्किदैन ।

‘कोही यसरी पोखियोस् कि हेर्ने जोसुकै मनुवालाई पनि आफ्नै जिन्दगीका रङ्गहरू पोखिएझैँ लागिदियोस् ।’

‘खै त हौ, कफी आइपुग्दैन त !’

कफी कुर्दाकुर्दै ह्वात्तै अध्याँरो छाइजान्छ । बादल साहिँलाले सुर्जे माइलीलाई झपक्कै अँगालोमा पो बेरिगएछ । कफी सप अघिल्तिरको ल्याम्पोष्ट आँखा मिच्दै उठ्छ ।

अञ्जुलीमा केही थान जूनका टुक्राहरू लिएर म हताश मुद्रामा आक्रोशबाबालाई वधशालातिर ध्यानदृष्टिले हेर्न निवेदन गर्छु ।

ल्यामपोष्टबाट हिउँ परेसरी बरर्र…. जूनका टुक्राहरू खस्न थाल्छन् । म कफी सपबाट जुरुक्क उठेर खरायोसरी बुरुक्क उफ्रिँदै ल्याम्पोष्टमुनि पुग्छु र उत्साहित हुँदै एक एक गर्दै ती टुक्राहरू बटुल्न थाल्छु । टुक्राहरू टिप्ने क्रममा एकपछि अर्को आकृति मसँगै थपिन थाल्छन् । एकैछिनमा थप केही आकृतिहरू हँस्याङ्फस्याङ् गर्दै आइपुग्छन् अनि तँछाडमछाड गर्दै झरेका जूनका टुक्राहरू सोहोर्न थाल्छन् । हेर्दा हेर्दै चारैतिरबाट कमिलासरी आकृतिहरुको भेल उर्लेर ल्यामपोष्टमाथि आइपुग्छ । बटुलेका जूनका टुक्राहरू हातहातबाट खोसाखोस हुन थाल्छन् । आकृतिहरूबीच ठूलो दङ्गा मच्चिन्छ । दङ्गामा केही आकृतिहरूको मृत्यु हुन्छ ।

मृतक आकृतिहरूको झोला खोतल्न थाल्छन् केही जिवीत आकृतिहरू । झोलाभित्र भेटिन्छन् केही समाचारहरू, केही बासी नीतिशास्त्रहरू, अर्ती उपदेशहरू, केही नारा, केही भाषण, केही दर्शनका अर्धमृत धुकधुकीहरू । झोलाभित्र जे–जे भेटिन्छ बेप्रवाह आफ्नो झोलामा कोचेर ती आकृतिहरू वधशालातिर अन्धवेगमा फरार हुन्छन् ।

अञ्जुलीमा केही थान जूनका टुक्राहरू लिएर म हताश मुद्रामा आक्रोशबाबालाई वधशालातिर ध्यानदृष्टिले हेर्न निवेदन गर्छु ।

अपहरित वाक्यहरूलाई वधशालामा अन्धधुन्द काटकुट गरेर टुक्राटुक्रा पारिसकेपछि ती आकृतिहरूले दिवङ्गत वाक्यका टुक्राहरूलाई सादा क्यानभासमा आ–आफ्नो ढङ्गले थाकमाथि थाक मिलाएर राख्न थाल्छन् । र अन्त्यमा, आ–आफूले सोहोरिल्याएका जूनका टुक्राहरू त्यहाँउपर छरिदिन्छन् ।

आक्रोशबाबा कहनुहुन्छ, ‘त्यहाँ म तिम्रो पनि चेहेरा देखिरहेछु ।’

‘खै त हौ, कफी आइपुग्दैन त ?’

कफी कुर्दाकुर्दै ह्वात्तै उज्यालो छाइजान्छ । सुर्जे माइलीले बादल साहिँलालाई लात्ताले हानेर क्षितिजपारि पुर्याइदिइछिन् ।

‘आइपुग्यो, आइपुग्यो, लिनूस् ।’

‘अनि, यो के नि ?’

‘यो एक प्लेट कविता हाम्रो तर्फबाट ।’

कफी सर्भ गर्ने काली–काली वर्णकी नेवार चेहेरा, जसले म आइपुग्नुभन्दा अघि आक्रोशबाबासँगको रुमानी बातचीतमा आफूलाई तराई बसाइँसराई भएकी तामाङ् बताएकी थिइन्, जतनसाथ एउटा प्लेट अघि राखिदिँदै भन्छिन्– ‘मेरो फेवरेट पोएम तपाइँहरूका लागि ।’

पाईँ यी चित्रकलामाथि आफ्ना आँखा टाँसिरहन चाहानुहुन्छ भने तपाईँ निश्चिन्त त्यसो गर्न सक्नुहुनेछ । तर, डिजिटल्ली कुनै पनि चित्रकला आफ्नो डिभाइसमा कैद चैँ नगर्नुहोला ।

‘प्लेटमा त पानी नै पानी छ त !’

‘ल्याउँदा ल्याउँदै जम्मै पग्लेर आँशु भैगएछ । केही शब्दहरू अँझै बाँकी छन् होला, छानेर खानुस् न !’

‘ए साँच्ची ! एउटा भोको कविको हंश छाडेर आएको छु तिम्रो ग्यालरीमा ।’, म आक्रोशबाबातर्फ मोडिन्छु, ‘बडो दिक्दारीमा भड्किरहन्छ आजकाल ।’

‘त्यो तिमी नै हौ कि भन्ने मेरो विश्वास थियो र छ ।’, यति कहेर आक्रोशबाबा कफी कपभित्र अन्तध्र्यान हुन्छन् ।

हङ्ग्री आई आर्ट ग्यालरी ।

ए ! तपाईँ त यतै पो बरालिनु भा’रैछ । ल हेर्नूस् भित्तैभरि आकर्षक चित्रकलाहरू । ग्रामीण नेपालका परिवेशहरू । मन्दिर, गुम्बा र हिमालका कलात्मक दृश्यहरू । तपाईँ यी चित्रकलामाथि आफ्ना आँखा टाँसिरहन चाहानुहुन्छ भने तपाईँ निश्चिन्त त्यसो गर्न सक्नुहुनेछ । तर, डिजिटल्ली कुनै पनि चित्रकला आफ्नो डिभाइसमा कैद चैँ नगर्नुहोला । फोटो खिच्न यहाँ बिलकुल मनाही छ । तपाईँलाई भोक, तिर्खा या तलतल केही छ भने ग्रीन टीसम्म पिलाउने व्यवस्था छ । बस्दाखेरी भित्तामा अडेस नलगाइदिनुहोला, पछाडि राखिएका चित्रकलाहरूलाई यस किसिमका मानिसहरुप्रति तीव्र घृणा छ ।

तर तपाइँले यहाँ एउटा कुराको कमी चैँ महसुस गर्नुहुनेछ । जसको ग्यालरीसम्म मैले तपाईँलाई डोहोर्याएर लिएर आएँ उसको भने तपाईँले एउटै मात्र चित्रकला झुण्डिरहेको देख्नुहुनेछ, जुन अझै पूर्ण भइसकेको पनि छैन ।

आफ्नो चित्रकलालाई व्यवसायिक रूपमै खरो उतार्ने उसको मनस्थिति अहिलेसम्म बनिसकेको छैन । आफ्ना चित्रकलाहरू ऊ निक्कै कम बिक्री गर्छ । व्यवसायिक भइयो भने विस्तारै बजारबाट ऊ निर्देशित हुन थाल्छ, र स्वतन्त्र भइकन ऊ आफ्नो चित्रकलामा प्रयोग गर्न पाउँदैन, यस्तो सोच्दछ । जिन्दगी ज्यूँन पुगेसम्म ऊ आफ्नै ढङ्गले चित्रकलामा विविध प्रयोगहरू गरिरहने नै छ । आफ्ना चित्रकलाहरूलाई कुनै बृहत् प्रदर्शनीमा उसले त्यतिखेर राख्नेछ जतिखेर आफ्ना केही बाँकी कामहरू पूरा गर्नेछ । तर उसलाई यस्तो जाँगर जुर्नचैँ सूर्य या चन्द्रग्रहण नै कुर्नुपर्छ ।

त्यहाँ ऊ उत्तेजित मनस्थिति लिएर छिर्छ र स्खलित भएर फर्कन्छ । त्यही गुफाभित्र नै जन्माएको छ उसले कैयन रहरलाग्दा चित्रकलाहरू ।

बाँचुन्जेल जिन्दगीमा कुनै हतारो छैन । मरेपछि हतारो गर्नुपर्ने केही चाह रहने नै छैन ।

तपाईँलाई एउटा कुरा बताउँ– यो ग्यालरीभित्र एउटा रहस्यमयी गुफा छ जहाँ थरीथरीका प्राचीन शिवलिङ्गहरू र अद्भुत घन्टीहरू विविध मुद्रामा विराजमान छन् । रङ्गीविरङ्गी ध्वजापताकाले बेरिएका किसिम किसिमका त्रिशुलहरूको जङ्गल जस्तो लाग्ने त्यो न कुनै पावनभूमि हो न ऊ कुनै शिवभक्त ब्रह्माण । त्यहाँ ऊ उत्तेजित मनस्थिति लिएर छिर्छ र स्खलित भएर फर्कन्छ । त्यही गुफाभित्र नै जन्माएको छ उसले कैयन रहरलाग्दा चित्रकलाहरू ।

तपाईँ पीडा लिएर छिर्नूस् त्यहाँभित्र, आनन्दित भइकन निस्किनुहुनेछ ।
तपाईँ खुसी लिएर छिर्नूस् त्यहाँभित्र, आनन्दित भइकन निस्किनुहुनेछ ।
तपाईँ क्रोध लिएर छिर्नूस् त्यहाँभित्र, आनन्दित भइकन निस्किनुहुनेछ ।
तपाईँ नैराश्य लिएर छिर्नूस् त्यहाँभित्र, आनन्दित भइकन निस्किनुहुनेछ ।
तपाईँ प्रशन्नता लिएर छिर्नूस् त्यहाँभित्र, आनन्दित भइकन निस्किनुहुनेछ ।
तपाईँ दिक्दारी लिएर छिर्नूस् त्यहाँभित्र, आनन्दित भइकन निस्किनुहुनेछ ।
जस्तो हरेक मनस्थितिमा तपाईँ आफ्नो प्रिय सङ्गीत सुन्नुहुन्छ र सन्तुष्ट या आनन्दित भइजानुहुन्छ ।

अब तपाइँ मलाईँ यो नसोध्नुहोस् कि कविताको यस्तो किताब कहाँ छ जुन पल्ट्याउन कुनै तयारी गर्नु नपरोस्, कुनै ‘पर्फेक्ट मुड’को जरुरत नपरोस् । हर मनस्थितिबीच कोही ती किताबका पानाहरू पल्ट्याउन चाहोस् र आनन्दित भइजाओस् ।

बरु, त्यस्तो कुनै किताब भेट्नुभयो भने त्यसमा आक्रोशबाबाको ठेगाना टाँसेर पठाइदिनुहोला ।‍


https://www.sahityapost.com/2020/08/14363/  बाट साभार। 

Share:

Thursday, August 13, 2020


उनी बस्छन् आणविक राज्यस्थित शक्तिमत्त स्वेतगृहमा। नाम कोइलाबाजे। आदिगुरु- कोलम्बस।

कोलम्बस चिन्नुहुन्छ? पक्कै चिन्नुहुन्छ। अमेरिकाको पहिलो आप्रवासी।


यूरोपबाट 'सोनेकी चिडिया' समात्न भारत सवार उनको जेमराज जहाज द्रुत मार्गको खोजीमा उल्टो हानिँदा एक अन्जान भूगोलमा ठोकियो। भूगोल सुनौलो एवं मलिलो थियो। भूगोलमा आदिकालदेखि बसोबास गर्दै आएको गहुँगोरो सभ्यता थियो। उक्त सभ्यतालाई पत्तासाफ गरी उनले ‘नयाँ’ ठाउँ पत्ता लगाए, र पत्तासाफ हुन बाँकी रगताम्य घायल अनुहारहरुलाई उनले 'रेड इन्डियन' नामाकरण गरिदिएर उनीहरुकै सुनखानीमा उनीहरुलाई आफ्नो दास बनाइदिए।


अब कोइलाबाजेतिरै लागौँ।


स्वेतगृहमा विराजमान यस कुटिल चेहरा जिवात्-जगतको चासो र अवस्थाप्रति झिँगाको टाउकोजत्ति संवेदनशील भएपनि कोइलाप्रतिको उनको स्नेह भने बुझिनसक्नुको अगाध छ। उनको कोइलाप्रेमालई हजार जिब्रो भएका शेष नागले पनि बयान गर्न सक्दैनन् भने विशेष परिस्थितिमा अधिकतम दुइटासम्म जिब्रो चलाउन सक्ने म बबुरोको के कुरो।  


वायुमण्डलमा उडिरहेको कालो धुवाँतर्फ हेर्दा यिनी संसारकै उत्चतम आनन्द महसुस गर्छन्। सुन्दरताले मुग्ध भएर यीनी कविता कोर्छन् जब हरित डाँडाहरु एकाएक उजाड कोइलाखानीमा परिणत हुन्छन्। यीनको हृदयमा सङ्गीत गुञ्जन्छ जब निर्मल कञ्चन खोलाहरुले रङ्गीन विषादी ओसार्छन्। जब वृक्षका पातपातहरुबाट, फूलका तरेलीहरुबाट कालो कोटमा सजिएर शीतका थोपा भूँइमा टपक्क खस्छन्, उनी अर्ग्याजमले स्खलित हुन थाल्छन्। घना जङ्गलभित्र जब अत्याधिक विष्फोटक पदार्थहरु गुन्जयमान हुन्छन्, लाखौँ आतङ्ककारी रुखहरुलाई जब देशभक्त मिसिनसेनाले एक चिहान बनाउँछ त्यहाँबाट निस्केको आर्तनादले उनको अनुहारमा विजयको मुस्कान तन्किन्छ। उष्ण गर्मीमा यिनी आफ्नो लुगा उतार्दै नाङ्गिन्छन् र सामाजिक सञ्जालमा दुनियाँ शीतल छ, गर्मी भ्रम हो भनेर कुर्लिन्छन्। उनको आक्रोशित मुद्रा चिच्याउँछ- उष्ण गर्मी फगत गरीबहरुको कोकोहोलो हो, आफूसँग एयर कन्डिसनर सम्म नहुनेहरुको रुवाबासी हो। 



एकैछिन


आफ्नो अतिदिक्दारिलो एवं एकोहोरो मिसिन जिन्दगीलाई केही जीवनरस प्रदान गरुँ भन्ने हेतुले म निकै दूर संयोगबस् ‘अतिविकशित’ एव ‘उच्चतम’ मानव सभ्यताको क्रुर चिथोर्याइँबाट जोगिएको एउटा सुन्दर पहाडतिर हानिएको थिएँ। म हरिया पहाडमाझ कञ्चन खोलाको सङ्गीतमा डुब्न चाहान्थेँ, जीव चराचुरुङ्गीसँग केही दिन बिताउन चाहान्थेँ। वनस्पतीमाझ केही पल मातिन चाहान्थेँ। यत्ति गरिसकेपछी म मिसिनजिनीस मान्छेमा रुपान्तरित भइजान्छु कि भन्ने भ्रमले बेला बेला मलाई टेन्ट बोकीवरी विशाल पहाडउपर फैलिएका प्राकृत जङ्गल चहार्न उत्प्रेरित गर्छ। उसो त म संसारकै चरम भौतिक, पुजीँबादी एवं उपभोक्ताबादी राष्ट्रको सिमानाभित्र छु। जहाँ प्राय हरेक मान्छेको थाप्लोमा तिर्नुपर्ने किस्ताको पहाड छ। शिक्षाको किस्ता, स्वस्थ्यको किस्ता, घरको किस्ता, गाडीको किस्ता। किस्तैकिस्ताको गोलचक्करमा तपाइँको जिन्दगी नीरस कामहरुको दास बनेर घुमिरहेको हुन्छ र एकैछिन सोचविचार गर्ने सम्म फुर्सद मिल्दैन। अलिकति बचेखुचेको समय पनि सामाजिक सञ्जाल र घुमाउरा विज्ञापनहरुले स्वाट्टै निलिदिएपछि तपाइँ यिनीहरुको कैदभित्र हिप्नोटाइजड भइदिनुहुन्छ।


एउटा घटना कहूँ?


पत्रकारजी एकजोडी किशोर किशोरीकन पुगेर सोध्नुहुन्छ। 

तपाइँको लक्ष के हो ?

किशोरीजी - टन्नै धन कमाउने। स्तन, नितम्ब र नाकको सर्जरी गराइकन महासुन्दरी भइजाने।

किशोरजी – उधुम पैसा कमाइकन रहरलाग्दो गर्ने, मनलाग्दो किन्ने। महासुन्दरीहरुको आँखामा स्वप्निल महामानव भइजाने। 

तत्कालको इक्षा? – सपिङ् मल जाने, भयङ्कर सपिङ् गर्ने।


अन्तिम दिव्य वाक्य सुनिसकेपछि यी किशोरवयको दैनिक जीवनलाई सुक्ष्म नियालिरहेको क्रेडिड कार्ड कम्पनी एक्कासी प्रकट भइजान्छ र यी दुइ प्राणीलाई एउटा व्यापारिक महलभित्र लिएर जान्छ। यी प्राणीलाई गोहीको छालाको उत्पात महङ्गो ज्याकेट विछट्टै आकर्षक लाग्छ र उक्त परिधानलाई उनीहरु उधारोमा किनिकन फर्कन्छन्। महिनैपिच्छे किस्ता तिरीरहेको स्मार्टफोनबाट आफ्नो नयाँ परिधानमा सजिएर फोटो खिचीवरी सामाजिक सञ्जालउपर पोस्ट्याउँछन् र क्याप्सनमा आफ्नो जिन्दगीको सपना पुरा भएको घोषणा गर्छन्। #dreamcomestrue


उतिखेरै उक्त सञ्जालमा एउटा भाइरल भिडियो हेरिकन यी वयहरु बडो दुखी भइदिन्छन्। जहाँ एउटा गोहीलाई केही तस्करहरुले मारेर छाला काडिरहेका देखिन्छ। 


कुकुरको बच्चो काखमा लिइकन अनुहारको भावभङ्गीलाई दुखको उच्च तहमा सजाइवरी सेल्फी पोष्ट्याउँछन्-  #सेभ ह्युमानिटी, #सेभ एनिमल्स, #सेभ इन्डेन्जर्ड स्पिसिज। लाइक र कमेन्टको व्यग्र प्रतीक्षारत यी प्राणीहरु सारा दिन मोबाइलको पर्दाभित्र घुसिबस्दछन्। अघिल्लो फोटोको लाइकसङ्ख्यालाई माथ गरिसकेपछि उनीहरु एकछिनको लागि बिछट्टै आनन्दलोकमा सुस्ताउन थाल्छन्। लाइकसङ्ख्या माथ नहुन्जेल उनीहरु जिवनको चरम निराशामा छपपटिरहन्छन्। 


हत्तेरी!

कोइलाबाजेको नृशंस अवतारको कुरो गर्छु भनेको म त कता कता बरालिएछु। 

कुरो यस्तो छ सुन्नुस्। 


प्रायजसो मिडिया टेलिभिजनतिर यिनी सामान्यतय मानवअवतारमा नै देखा पर्छन्। तर जहाँ म स्पातमानव, हृदयमानव भइजाने हेतुले बरालिँदै थिएँ, उक्त पहाडको घनाजङ्गलबीच यी बाजेलाई मैले जुन अवतारमा देखेँ नि त्यत्तिको अझङ्ग अवतार महाभारतमा अर्जुनले कृष्णको पनि देखेका थिएनन् होला।



कोइलावतार


हे पाठकवृन्द, 

त्यो पहाडभित्रको घनाजङ्गलमाझ आफ्नो आणविक विमानबाट ओर्लिएपछि मैले यी बाजेलाई जस्तो अवतारमा देखेँ त्यो कहन्छु सुन्नुहवस्। ती कोइलाबाजेको कृत्यले संसारमा जेजति घटनाहरु घटित भए र भइरहेछन् ती पनि सुनाउँछु सुन्नुहवस्।


ती कोइलाबाजेको कोइलावतार कस्तो भने बुलडोजरका जस्ता हात, कन्क्रीटका पिल्लरजस्ता खुट्टा, ड्रिलजस्ता नङ्ग्रा, चिम्नीजस्तो नाक, खोदक मिसिनजस्ता हत्केला, स्पातका साभेलजस्ता दाँत, क्रेनजस्तो घाँटी, लेजरजस्ता आँखा, ब्रुमरजस्तो केश। यस्तो कहालीलाग्दो अवतारमा रुपान्तरित भैसकेपछि अवतार यस्तरी गर्जन थाल्यो मानौँ हजारौँ सिँहहरु उसको कण्ठबाट एकैसाथ गर्जिरहेछन्। 


उक्त जीवको विष्फोटक गर्जन जब डाइनामाइटसरी गुन्जियो, वरीपरीको भूमि प्रकम्पित भएर तहस नहस हुन थाल्यो । रुखविरुवाहरु हाहाकार मच्चाउँदै एकचिहान भए। सारा जलचर थलचरहरु भागाभाग गर्न थाले। उनीहरुको पीडादायी रुवाबासीले जग त्रासले त्राही त्राही भयो। केही क्षणअघिसम्म आफ्नो सुन्दर वासस्थानमा आरामले आफ्नो जिवनका दैनन्दिन कृयाकलामहरुमा निमग्न प्राणीहरुको अवस्था हेर्दा हेर्दै अत्यन्तै कारुणीक भैगयो - कोहीका मुटु निस्केका, कोहीका टाउको पड्केका, कोही रगत छादिरहेका, जलनले छाला काडिएका, कसैका हातखुट्टा भाँचिएका, कसैका प्वाँख डढेका। त्यो चिहानमाथि उक्त कोइलाअवतार अट्टाहास गर्दै आफ्ना खोदकमिसिनजस्ता हत्केला र साभेलजस्ता नङ्ग्राले जम्मै मृत एवं घायल शरीरहरुलाई सोहोर्दै नदी भए नदी, ताल भए ताल, नभए पहाडभरि वरपर मिल्काउन थाल्यो । चित्कार, आर्तनाद र रक्तिम जलकुन्ड देखेर कोइलाबतार झनै उत्तेजित हुन थाल्यो र विशाक्त विर्यपात गरिदियो। हजार नागको बिष बोकेर उक्त वीर्यको भेल बग्दै बग्दै ती रक्तिम नदी र जलकुण्डहरुमा जब समाहित भइगयो र जलको सतह रङ्गीन देखन थाल्यो। रङ्गीन जलावतार देखेर उक्त कोइलावतार उच्चतम आनन्दमा एकछिन् फेरि लठ्ठियो। लठ्ठिएर उसको हृदय एकैछिनमा बडो सिर्जनसिल भैगयो। प्रकृतिको यो विभत्स अवस्थाले मोहित भएर उसभित्र कविता फुर्नगयो।


पाहाडैभरि कम्प उठ्दछ जसै औतार यो गर्जँदा ।

स्वाहा हुन्छ निमेषमा रनवनै चित्कार मीठो अहा ।।

इन्द्रेणी होकि झैँ विषाक्त जलमा रङ्गीन त्यो देखिने ।

मृत्यू फैलिएको छ चार तरफै कस्तो मनै हर्दिने ।।


एकैछिनको काव्य विलाशपछि उसको उदरमा असीम भोक सवार भयो। त्यसपछि ऊ आफ्ना ड्रीलजस्ता खुट्टाले आफूले उजिड्याएको भूमिबाट कोइला खोतल्न थाल्यो। भोको कोइलाबतारले त्यसपछि टनका टन कोइला कर्याम कर्याम चपाउँदै निल्न थाल्यो। जब कोइलावतारले कोइला निल्थ्यो, उसको मुखबाट लाख सुर्जेको ताप बोकेर पृथ्वी पग्लने गरि अग्नी बर्षन थाल्थ्यो। नाकबाट सम्पूर्ण वायुमण्डल अँध्यारिनेगरी धुवाँको मुस्लो निस्कन थाल्थ्यो। आँखाबाट रेडियोविकिरणको बाँड चारैतर्फ अन्धाधुन्द छुट्न थाल्थ्यो।


अहो! यस्तो भयानक परिस्थितिमा पृथ्वीउपर के वित्योहोला भनी ध्यानदृष्टिले हेर्दा जगभरि हाहाकार मच्चिसकेको थियो।


ताप सहन नसकेर धर्तीउपर चुलिएका पर्वतहरुले आ-आफ्नो बख्खु फुकाल्न थाले। आत्तिएर हिमनदीहरु तछाँडमछाड गर्दै मधेसतिर फाल हाल्ने क्रममा पहाडका बस्तीहरु तहसनहस हुन थाले, मधेस शरण लिन आइपुगेका हिमनदीको अझङ्ग फौजले सारा मधेस डुब्न थाल्यो। पृथ्वीको शिरबाट फूटेका सहस्र पसिनाको उत्ताल बेगले सप्त सागरमाथि आफ्नो कब्जा जमाउन थाल्यो। सप्त सागरमाझ म्रैतीपूर्ण उभिएका तमाम सभ्यताका आइल्यान्डहरु छिनमै स्वाहा भैजान थाले। 


जेनतेन ज्यूँदा प्राणीहरु जब स्वास फेर्न खोज्दथे, फोक्सोभरि बाक्लो धुँवा जमिदिन्थ्यो र चिथोर्न थाल्थ्यो। आँखाउपर ध्वाँसो टालिन थाल्थ्यो। यही मौकामा झरी अग्निदेवको रिस बोकेर बर्सिदियो र जहाँ जहाँ बर्सिदिन्थ्यो उक्त ठाउमा जलनको अमीट छाप छाडिजान्थ्यो। आँधी पनि कोटीकोटी पवनदेवको जम्मै शक्ति बटुलेर आफ्नो रौद्र रुप धारण गर्यो र टुक्रा टुक्रा नहुन्जेल भेटिएका जम्मै कुराहरु उचाल्दै पछार्दै गर्न थाल्यो।


आफ्नो उदर तृप्त भएपछि कोइलाबतारलाई खपिनसक्नु प्यास लागेर आयो। प्यासले चुर भएर ऊ पहाडको घनाजङ्गलबीच आफूनिर्मित उक्त उजाड कोइलाखानीमा गजधम्म बस्यो र ध्यानदृष्टिले सारा धर्तीमुनि नजर डुलाउन थाल्यो। नजर डुलाउँदा डुलाउँदा मध्यपूर्वीभागमा धर्तीमुनिको एक कुण्डमा गएर उसको दृष्टि टक्क अडियो। आफ्नो अत्भूत आणविक शक्तिको जादुद्वारा त्यहीँ बसी-बसी उसले सो कुण्डबाट तनतनी पेट्रोलियम तेल पिउन थाल्यो। केहीबेरको लागि तिर्खातृप्त भइ उक्त कोइलावतार आफ्नो मानवअवतारमा रुपान्तरित भइवरी आफ्नो स्वेतगृहमा फर्कियो र संसारलाई आफ्नो देशको शक्ति र समृद्धिको ग्राफ हरियो रङ्गमा उकालो चढिरहेको देखाउँदै संसारउपर आफ्नो जमिन्दारी अधिपत्यको साङ्केतिक समाचार प्रचार पसार गर्न थाल्यो।  

इति।



होडबाजी 


पख्नोस् पख्नोस्, यी त कोइलाबाजेहरुमध्धेका एक कोइलाबाजे जसको मैले वृतान्त सुनाएँ। 


संवृद्धिनामक ग्राफले उत्प्रेरित भनौँ कि, कालो सम्पन्नताको छुद्र प्रतिस्पर्धा या संसारउपर आफ्नो हैकमको भोकतृप्ती जे जसो हो, संसारका कैयन् टुत्राहरुमाथि हैकमगरी बस्ने मानवतारहरुलाई संसारकै सर्वसक्तिमान कोइलावतारमा रुपान्तरित भैजानु छ र आफ्नो शक्ति र सम्पन्नताको ग्राफलाई रातारात उकालो चढाउनु छ। ‘सर्वशक्तिमान कोइलावतार भइजान पाउँ’ भन्ने वर राखी घोर तपस्यारत अन्य कोइलाबाजेहरु यो जगउपर छ्यापछ्याप्ती नै छन्, जो संसारका कुनाकुना संयोगबस् जोगिएर रहेका जे जति प्राकृत घनावनस्पतीनगरीहरु छन्, तँ भन्दा म के कमको अहंमा आफ्नो रौद्ररुप धारण गरी द्रुतगतिमा विनाशलीला मच्च्याइरहेछन्। 


भर्खरै भर्खरै, स्वेतगृह निवासी कोइलाबाजेहरुको शताब्दीयौँ लामो शक्तिशाली कोइलावतारलाई परास्त गरीकन नवसर्वशक्तिसम्पनन्न कोइलावतार बन्न सफल भएका छन् हिमवत् खण्डको उत्तरतर्फ ‘बर्जित शहर’छेऊ विराजमन गोलबाटुल कोइलाबाजे भने हिमवत् खण्डको दख्खिन अवस्थित कोइलाबाजेको तपस्या हेर्नुभयो भने लाग्छ केही समयभित्र यो ताज उनी आफ्नो शिरमा सजाएर काकाकुल देशको मृत देहमाथि विराजमान हुनेछन्। 



अन्त्यमा 


भोक लाग्यो कि यी कोइलाबाजेहरु आफ्नो कोइलाबतारमा प्रकट भइहाल्छन् र तत्क्षण संसारभरका हरित पहाडहरुउपर नजर डुलाइहाल्छन्। आफ्नो अधिपति भैगएको भूभाग आफ्नै बाजेको बिर्ता भैगयो, आफ्नो अधिपति नभैगएको भूभागमा पनि यी आफ्नो अत्भूत आणविक शक्तिको जादुद्वारा अथवा साम दाम दण्ड भेदको प्रपन्च जुटाइकन टनका टन कोइला उदर गर्छन् र ट्याङ्क का ट्याङ्क मट्टीको तेल घुट्क्याइहाल्छन्। सारा प्राणीजगत उनीहरुको यो भोक भोजनको आततायी श्रिङ्खला ट्वाँ परेर हेरिरहन्छ। निल्दै कलेटी परेको हावा, आफ्नो ध्वाँसे फोक्सो लिएर अंध्यारो कुनामा चुपचाप खोकिरहन्छ आधुनिक सभ्यताको विमार।

Share:

Wednesday, June 15, 2016

जब रात उदाउँछ
चिहानमा कोही गुनगुनाउँछ 
मृत्युको गीत


आफ्नै अस्तित्वको अन्यौलभित्र,
पुच्छ्रेताराले गर्छ आत्महत्या ।
धर्तीको एउटा कुनामा,
कुनै ‘सैतान’को अप्रिय कामनामा
हुन थाल्छ मन्दिर मस्जिद र चर्चबाहिर,
ईश्वरहरुको मृत्यू ।

प्रताडित हुन्छन् फूलहरु
बतासको चिसो संशर्गबाट
धर्तीले सापटी माग्छ फूलसँग
केही थोपा आँशु
र भिजाउँछ आफ्नो गर्भ

रात डरलाग्दो हुन्छ
लुकिबस्छ नानीहरुको सिरानीमुनि
निवर्तमान हजुरबाले लेखेको
भूतको आत्मकथा

रात हिंस्रक हुन्छ
घरको खोपा खोपाबाट
जवर्जस्ती छिर्न थाल्छ पुरुष गन्ध
चिथोर्न थाल्छ किशोरी रहर

रात कठोर हुन्छ
बल्झन थाल्छ गर्भको घाउ
ऐंठन पर्छ आमाको काख

रात अन्धो हुन्छ
यतिबेलै विनिमय हुन्छन् युवा चाहानाहरु
मरुभूमि बताससँग

रातमा त समय पनि निदाउँछ
दिनभरको थकानबाट
र देख्छ
अँध्यारो सपना

तर
जब जब रात उदाउँछ
चिहानबाट बौरिन्छ एउटा कवि
लल्कार्छ एक्लै अँध्यारो दुनियाँलाई
र गाउन थाल्छ उज्यालोको गीत !

Share:

Tuesday, January 19, 2016

Wish I speak the language of birds
Flying high,
Play with my rhythm with no chords
Come to me my friend
Complete the song
Words you belong
Are dying alone

Wish I bloom on the garden of rose
Making them smile,
Fill some perfume in music we compose
Come to me dear friend
Fill the space
Arena of concert
Is dying in desert
Share:

Sunday, July 19, 2015

ए जिन्दगी !
एकैछिन् सुस्ताउनु मन छ

भारी छ आँखाभरि सपनाको 
भारी छ मुटुभरि चाहानाको 
ए जिन्दगी !
एकैछिन् बिसाउनु मन छ

क्षितिजमा कोही पर्खिरहेको 
बाटो छ पहेलीमा अल्झिरहेको 
ए जिन्दगी !
एकैछिन् सम्हालिनु मन छ

भुलेर उल्झन तनावहरुको
सम्झेर जीवन मुस्काइरहेको 

ए जिन्दगी !
एकैछिन् निदाउनु मन छ  
Share:

Wednesday, August 20, 2014

एकाबिहानै
एक हूल कवि परेवाहरु
बिम्वको खोजीमा निस्कन्छन्

दायाँ फन्को मारेर स्वयम्भूनाथ 
सुस्ताउँछन् एकछिन  आँखाअघिल्तिर
केही सल्लाह गर्छन्
र विष्ट्याइवरी हानिन्छन्
एक पुरानो गुम्बातर्फ
जसको छहारीमा कुनै कवि
लेखिरहेको थियो कविता

एक्कासी, आक्रमण गर्छ कविलाई, परेवाको हूल !

उनीहरु,
पालैपालो थुत्छन्
कविको आँखा
उसको नाक
उसको कान
उसको जिब्रो
उसको गीदी

सबै सबै जम्मा गरेर
उनीहरु
तयार पार्छन एउटा सुन्दर कविता
र वेगले हानिन्छन् आकाशै आकाश
सुनाउन गौतम बुद्धलाई

ती परेवाहरु,
जसको आक्रमणमा मृत्यु भयो कविको
बर्षौँदेखि निसास्सिएका
उसकै कविताका बिम्वहरु थिएछन् !
Share:

Wednesday, April 30, 2014

कुनै बेला 
चियामा चोपेर निल्न लगाइएको छ मलाई 
एक बिट्टो तास 

श्रीमानलाई अवगत नै छ 
निशन्देह बौद्धिक खेल हो फलाँस 

फलाँस इतिहास हो 
१०औँ शताब्दीदेखिको विश्व परम्परा हो 

फलाँस मनोविज्ञान हो 
जसमा पढिन्छ हरेक खेलाडीको मनोविज्ञान् 
र चालिन्छ हरेक कदम 

फलाँस अनुमान विज्ञान हो 
जहाँ आँकलन गरिन्छ अन्य हातभित्र लुकिरहेका 
बादशाह र गुलामहरु 

फलाँस अँग्रेजी वर्णमाला हो 
अँग्रजी भट्याउनेहरुबाहेक
अरु को हुन सक्छ यो देशको बुद्धिजीवी ? 

फलाँस गणीत हो 
गणतिय ज्ञानबेगर कसरी हुन्छ हिसाबकिताब ? 
फाइदा बेफाइदा ? जीत हार ? 

राजनैतिक दर्शन हो फलाँस ! 

सामाजिक सँस्कार हो फलाँस !

बौद्धिक रवाफ हो फलाँस !

श्रीमान् 
यो देशको एउटा 
वैज्ञानिक 
मनोवैज्ञानिक 
दार्शनिक 
राजनितिज्ञ 
गणीतिज्ञ ...  

समग्रमा,  
यो देशको बहुआयामिक बुद्धिजीवीको 
खुलेआम हनन भएको छ मानवअधिकार 

हेक्का रहोस् श्रीमान्,  
चियामा चोपेर निल्न लागाइएको थियो मलाई 
एक बिट्टो तास ! 

आन्द्राहरुमा बर्षौदेखि हुडल्लिरहेछन् गुलामहरु 
कटक्क खाइरहन्छ ग्याष्ट्रिक पेट 
बान्ता हुन खोज्छ हरेक दिन, 
र घाँटीसम्मै आएर अड्किन्छ बादशाह 
निस्कन्छ केबल,
हप्तौँ पुरानो छ्याङजस्तै अमिलो झोल  
आन्द्राबाट
र, गनाइरहेको छ यो तीतो मुख
बर्षौँदेखि 

थाहा छैन 
कतिन्जेल मच्चिरहनेहो आतङ्क 
मेरो शरीरमाथि 
कहिले पचाइसक्ने हो मभित्रको हाइड्रोक्लोरिक एसिडले 
यसको सम्पूर्ण अवयव  
कहिल मुक्त भइने हो 
यी अनेकन विकारहरुबाट  

श्रीमान् 
गम्भीर खेलवाड भएको छ मेरो स्वास्थ्यमाथि 

तपाइँको "सर्वोच्च" अगाडि आमरण अनशन बसिरहेको छ 
यो द्वन्द पीडित 

श्रीमान्, 
दोषीलाई कडा भन्दा कडा कारबाही होस् ।

Share:

Saturday, April 19, 2014

पूर्वतर्फ आतङ्ककारी देख्छ
बन्दुक पड्काउँछ
पश्चिमतर्फ आतङ्ककारी देख्छ
बन्दुक पड्काउँछ
उत्तरतर्फ आतङ्ककारी देख्छ
बन्दुक पड्काउँछ
दक्षिणतर्फ आतङ्ककारी देख्छ
बन्दुक पड्काउँछ
पुन :
चारैतिर ऐनाको पर्खाल ठड्याउँछ
र पुन :
बन्दुक पड्काउँछ ।
Share:

Wednesday, February 5, 2014

Concept/Direction : Nadeesh (नदीश)
Camera Person : Sahir Shrestha, Swoyambhu Shrestha 
Actors : Swoyambhu Shrestha, Nishant Aryal 

(DhewaM Production)

This is a short movie based on the theme "Bridging the Digital Divide". This movie shows how one's trash can be treasure for others. It emphasizes the need and importance for bridging the digital gap that we have at present



Share:
उडिगयो सुस्तरी उडिगयो
यो मनको चरी 
हेर्दा हेर्दै आँखाबाट ओझेल परिगयो
नभेटिने गरी
ओ ! मनको चरी

लेकबाट ओर्लिएर बेसी झर्यो खोला
हिजो जस्तो छैन आज भोलि कस्तो होला 
आकाशमाथि घाम पनि डुबिजान्छ भरे
टाढा टाढा गैजानेले बिर्सिजान्छ अरे
बर्सिगयो बेस्सरी बर्सिगयो
आँखाबाट झरी
कुर्दा कुर्दै जिन्दगी आफै डुबिगयो
नतैरने गरी
ओ ! मनको चरी

वनैभरि गुराँश फुल्छ मनैभरि व्यथा
एकादेशमा हराएको जिन्दगीको कथा
खोजी हिड्नु अँध्यारोमा कहाँ कहाँ मात्र
कथासँगै हराएछ एउटा प्रिय पात्र
दुखिरह्यो यस्तरी दुखिरह्यो
घाउ घरि घरि
बिर्सिजाउँ भन्दाभन्दै झनै बल्झिगयो
नमेटिने गरी
ओ ! मनको चरी


स्वर : सागर राई
सङ्गीत : भिमसेना राई
 गीत सन्नुहोस् >>
Share:

Tuesday, January 24, 2012


Taking off the blanket aside, he stood up, lifted the bottle and drank some water. It was almost midnight and was raining outside. He opened the door and climbed rooftop. The bright light coming within a distance was still waiting him. The rain drops had increased their speed enough to let him calm down.
“There will be no more stars from today.”
He carefully watched the city. The city seemed to be in dead silence. Nobody noticed him. No one listened him.
“The whole city is dead.”
He climbed down the stairs, switched on the light, watched himself being alive.
“Why am I alive in this dead city?”
He threw himself towards the bed, watched the fluorescent light on the ceiling. The white light turned more and more bright. It turned so bright that he couldn’t distinguish anything inside the room. The only thing he could see is reflection of him all around the walls!
The light turned red and suddenly it extinguished, the whole room turned completely black, so black that he couldn’t distinguish anything inside the room.
Amid of darkness, he started searching himself. The whole room was completely vacant. He couldn’t feel anything. He couldn’t find himself.
He opened the door, ran insanely towards the roof. It wasn’t raining. No any bright light within a distance was waiting for him. The whole city was seen vividly under the stars, celebrating its birthday. And again, nobody noticed him, no one listened him.
He climbed down the stairs with different conclusion.
Share:

Thursday, July 21, 2011


सानो छँदा सपनाहरु आकाशमा उड्थे
समय स्थिर थियो
घडीमा सधै चार बजिरहन्थ्यो

यतिबेला
अकाशिएको छ सपनाको महङ्गी
तेज रफ्तारमा छ समय

बेफुस्रदिला छन् घडीका सुईहरु

तेर्सिएकोछ अगाडि
एक गिलास जिन्दगी
 जुन कत्ति मीठो छैन

 स्वतः पुष्टि हुन्छ- 'जीवन अझै मात्तिएको छैन'

मान्छे सडकपेटीमा समय बेचिरहेछ …
मान्छे सडकपेटीबाट समय किनिरहेछ …

थप गिलास जिन्दगी
अलिक मीठो लाग्दैछ

-'जीवन अझै आत्तिएको छैन'

घण्टाघर वरिपरि घुमिरहेछ मान्छे
समय माथ्लो तलाबाट खित्का छाड्दैछ

बेखबर छ शहर
समय !
समय मान्छे बेचिरहेछ  !

अन्तिम गिलास जिन्दगी वान्ता गर्दैछ ।
Share:

Thursday, June 23, 2011


Looking at the sky, those,
who call the tear -PEARL
keep on writing such stuffs,
which they themselves,
don't understand.

If tear were a pearl,
you would also howl in pain, Grandma!
And rather than sipping own tear like this,
you would rest on the terrace...
bigger than the neighbor landlord uncle's
and would drink
a bowl of milk.


It is for sure,
carrying double loads than that of last year
the granddaughters will climb up the hills
in the dawn.
And, there will increase
the numbers of private schools
in the town.

This year also, it is sure
some little guys will enter the city
and once in a year,
in the village, they will reappear.
To their own fellow buddies,
watching like for alliens
they will stare from far
they, the grandsons!


Last year,
don't know which class of union
taking out the wood from your woodshed
had dressed it Daura-suruwal
put on Dhaka-Topi and
took it for the visit of the whole village.
Seeing this, how angry had been
the landlord uncle !
How had they poured
one jar of kerosene
and the fire had broken out
so as the whole village brightened up.
With a hurt heart
you kept on gazing
if only you had that much of kerosene
for how long you would have lit the lamp?
very easily for the months!


There,
observing the village picture
hanged on the Restaurants’ wall,
those....who imagine
the beautiful village life
scold the city to their best.
Also the book published in the city
says this Grandma-
'sow the sweat, holy nectar will grow'
In this life age of three times twenty,
what else you sowed than sweat?
till the life bloomed into white,
pair of charged eyes
of not sure whether,
they will return or not,
that's all
what you've got.


Life,
if had been of two days,
you would have endured hunger
with the smiling face.

Translation : Pratima Pathak
Share: